कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल: उपाधिका लागि गार्डेन एफसी र लेकसाइड पहेंलो भिड्ने

पाेखरा | चैत ९, २०८०

कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल: उपाधिका लागि गार्डेन एफसी र लेकसाइड पहेंलो भिड्ने

पोखरा:      पोखराको बाराहीघाटमा जारी पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधिका लागि गार्डेन एफसी र लेकसाइड पहेंलो भिड्ने भएका छन् । 


शुक्रबार बिहान सम्पन्न भएको सेमिफाइनल खेलमा  जीत निकाल्दै गार्डेन एफसी र लेकसाइड पहेंलोले फाइनलमा भेट पक्का गरेका हुन् । 


सेमिफाइनल खेलमा गार्डेन एफसीले गण्डकी स्पोर्टस्लाई ३–२ गोलले पराजित ग¥यो । गार्डेनको जतिमा बिनोद गुरुङले २ र राजु गुरुङले १ गोल गरे । यस्तै गण्डकी स्पोर्टस्का सुरज छन्त्याल र मिजमान गुरुङले १/१ गोल गरेपनि टोलीको जीत जोगाउन सकेनन् । 


यस्तै अर्को सेमिफाइनलमा लेकसाइड पहेंलोले एनए भेट्रान लेकसाइडलाई १–० गोलले पराजित गर्दै फाइनल प्रवेश ग¥यो । लेकसाइड पहेंलोको जीतमा मीलि गुरुङले निर्णायक गोल गरे । 


उपाधिका लागि गार्डेन एफसी र लेकसाइड पहेंलोबीच आज (शुक्रबार) दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । 


पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा हिजो (बुधबार)देखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो । 


सो प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै  उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।


विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५/५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५  सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 


प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्